भर्खरै : Sorry, your browser does not support inline SVG.
मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित स् चुम उपत्यकाको पदयात्रा स्थगित | गाडी दर्ता र नामसारी गर्न खरिदकर्ता यातायात कार्यालय धाउन नपर्ने | पृथ्वी राजमार्गको गलौँदी सडक खुल्यो, दुवैतर्फ गाडी सञ्चालन | सीमापारि किनमेल घट्दा नेपालगञ्जका पसलमा बढ्यो चहलपहल | दसैँ मनाउन उपत्यका छाड्नेको लर्को, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए | बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान |

छात्राहरूलाई उपलब्ध गराउने प्याडसम्बन्धी कार्यविधि संशोधन हुदै

छात्राहरूलाई उपलब्ध गराउने प्याडसम्बन्धी कार्यविधि संशोधन हुदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ।

नेपाल सरकारले स्थानीय तह मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको लागि रकम उपलब्ध गराउँदै आएको छ। तर, उक्त स्यानिटरी प्याड सरकारी मापदण्ड अनुसार खरिद वितरण र गुणस्तर नभएको भनी विभिन्न सङ्घसंस्था र सञ्चार माध्यमबाट गुनासो आउने गरेको छ।

वर्तमान कार्यविधि बनाउँदा नेपालका लागि स्यानिटरी प्याडको गुणस्तर मापदण्ड निर्धारण भइसकेको थिएन। तर, पछि नापतौल तथा गुणस्तर विभागले गुणस्तर निर्धारण गरेको थियो। यही आधारमा सो कार्यविधिका प्रावधानहरू संशोधन गर्दै मन्त्रालयले स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि को संशोधित मस्यौदा तयार गरेको छ। सो संशोधित कार्यविधिको संशोधन मस्यौदामा सरोकारवाला र विज्ञहरूको सुझाव लिन मन्त्रालयले छलफल कार्यक्रम राखेको हो।

 


Thali Mobile Pvt.Ltd.