भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत, प्रतिनिधिसभा निर्वाचनमा ५२ दिन बाँकी

निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत, प्रतिनिधिसभा निर्वाचनमा ५२ दिन बाँकी

मुख्य बुँदा

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन

निर्वाचनमा अब ५२ दिन बाँकी

आयोगले सुरक्षाको भरपर्दो वातावरण बनेको निष्कर्ष

चारै सुरक्षा निकायबीच समन्वय

जिल्लालाई संवेदनशीलताअनुसार वर्गीकरण

निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम

२ माघदेखि निर्वाचन क्षेत्रमै कार्यालय स्थापना

काठमाडौं, २८ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण बन्दै गएको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ ।

सुरक्षाकै कारण राजनीतिक दलहरूले जनताबीच जान नसकिने अवस्था नरहेको जनाउँदै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो, “आयोगले एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षाको बन्दोबस्त मिलाइसकेको छ ।”

निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले मत माग्न वा मतदाताले मतदान गर्न असुविधा हुने स्थिति नआउने प्रवक्ता भट्टराईको भनाइ छ । उहाँका अनुसार एकीकृत सुरक्षा योजनाअनुसार चारै सुरक्षा निकायले समन्वयात्मक रूपमा काम गरिरहेका छन् ।

दुई महिनाअघि स्वीकृत सुरक्षा योजनामा जिल्लालाई संवेदनशीलताका आधारमा वर्गीकरण गरी मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन तथा निर्वाचन अवधिभरको सुरक्षा व्यवस्थापन समेटिएको छ ।

“राजनीतिक दल, उम्मेदवार र समर्थकहरूले निर्भयतापूर्वक जनतासमक्ष आफ्ना विचार राख्न सक्ने वातावरण छ,” उहाँले भन्नुभयो, “सुरक्षाकै कारण कसैलाई प्रचार–प्रसारमा अवरोध हुने अवस्था छैन । सुरक्षा निकाय चनाखो भएर काम गरिरहेका छन् र सरकारले आवश्यक स्रोत–साधन उपलब्ध गराएको छ ।”

यसैबीच, आयोगले हालै नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूका लागि आज सोमबार र भोलि मंगलबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । सातै प्रदेशका निर्वाचन अधिकृतहरूलाई काठमाडौं, चितवन, विराटनगर र नेपालगञ्ज गरी चार स्थानमा तालिम दिइने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

तालिम सञ्चालनका लागि आयोगका पदाधिकारी र कर्मचारीहरू कार्यविभाजन गरेर खटिइसकेका छन् । मुख्य प्रशिक्षक तयार पार्न प्रशिक्षक प्रशिक्षण सम्पन्न भइसकेको छ र ती प्रशिक्षकमार्फत थप तालिम सञ्चालन गरिने आयोगको योजना छ । प्रशिक्षणपछि निर्वाचन अधिकृतहरूले आगामी २ माघदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्नेछन् ।