भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

एमाले महाधिवेशन: मनोनीत १०८ प्रतिनिधिको नाम सार्वजनिक (सूचीसहित)

एमाले महाधिवेशन: मनोनीत १०८ प्रतिनिधिको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं, २७ मंसिर । नेकपा एमालेले ११औं महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनीत गरेको छ । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेअनुसार आज मनोनीत प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो ।

सचिवालय बैठकको निर्णयअनुसार महाधिवेशनमा निर्वाचित भएर आउने तथा पदेन आयोजकको हैसियतमा सहभागी हुने प्रतिनिधिको कुल संख्याको ५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था गरिएको थियो । सोही प्रावधानअनुसार १०८ जना प्रतिनिधि मनोनीत गरिएको पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समन्वयमा प्रतिनिधि छनोट गरिएको बताइएको छ । मनोनीत प्रतिनिधिहरूको सूची पार्टीले औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

एमालेले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्र, समुदाय र अनुभव भएका नेताहरूलाई मनोनयन गरिएको जनाएको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [136.89 KB]

 


Thali Mobile Pvt.Ltd.