भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युरोपेली संघद्वारा रुसको २५० अर्ब डलर बराबरको सम्पत्ति अनिश्चितकालका लागि फ्रिज

युरोपेली संघद्वारा रुसको २५० अर्ब डलर बराबरको सम्पत्ति अनिश्चितकालका लागि फ्रिज

काठमाडौं, २७ मंसिर । युरोपेली संघ (ईयू)ले युक्रेन युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति गर्ने सर्तसहित रुसको करिब २५० अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिलाई अनिश्चितकालका लागि ‘फ्रिज’ गर्ने निर्णय गरेको छ । अब युरोपमा रहेका ती रुसी सम्पत्तिहरू आवश्यक नपरेसम्म जफत अवस्थामै रहनेछन् ।

यसअघि प्रत्येक ६ महिनामा प्रतिबन्ध नवीकरणका लागि मतदान गर्नुपर्ने व्यवस्था रहेकोमा अब त्यो बाध्यता हटाइएको छ। हाल ईयूको अध्यक्षता सम्हालिरहेको डेनमार्कले उक्त निर्णय सार्वजनिक गरेको हो । २७ सदस्य राष्ट्र रहेको ईयूमा रुसका निकट मानिने हंगेरी र स्लोभाकियाले विरोध जनाए पनि बहुमत २५ राष्ट्रको समर्थनमा निर्णय पारित भएको हो । हंगेरीले यस कदमलाई गलत कानुनी आधारमा लिइएको अभूतपूर्व निर्णय भन्दै आलोचना गरेको छ ।

यो निर्णय ईयू सन्धिको धारा १२२ अन्तर्गत लिइएको हो, जसले आपत्कालीन अवस्थामा विशेष कदम चाल्न अनुमति दिन्छ । यसअघि रुसी केन्द्रीय बैंकले उक्त कदमविरुद्ध मस्कोस्थित मध्यस्थता अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएको थियो । युरोपेली आयोग सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि जफत गरिएका करिब २०० अर्ब युरो बराबरको रुसी सम्पत्ति युक्रेनलाई सहयोग गर्न प्रयोग गर्ने पक्षमा छ । ईयूको योजनाअनुसार बेल्जियमस्थित वित्तीय संस्था ‘युरोक्लियर’ले उक्त रकम ईयूलाई ऋणका रूपमा उपलब्ध गराउनेछ, जसबाट युक्रेनलाई सहायता प्रदान गरिनेछ ।

रुसले युद्धमा भएको क्षतिको क्षतिपूर्ति तिरेपछि मात्र युक्रेनले उक्त रकम फिर्ता गर्ने व्यवस्था गरिएको छ । हाल युरोक्लियरले जफत सम्पत्तिको संरक्षण, मर्मत तथा व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको छ । यसैबीच, बेल्जियमले रुसी सम्पत्ति बन्धक राख्दा वा बिक्री गर्दा उत्पन्न हुन सक्ने कानुनी तथा आर्थिक जोखिमबारे चिन्ता व्यक्त गर्दै सहयोगी राष्ट्रहरूसँग सुरक्षाको ग्यारेन्टी माग गरेको छ। रुसले भने आफ्नो सम्पत्ति गैरकानुनी रूपमा हडप्ने षड्यन्त्र भएको आरोप लगाउँदै, निर्णय फिर्ता नभए बेल्जियमविरुद्ध अदालत जाने चेतावनी दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.