भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड

प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड

सिरहा । प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्दै त्यस्ता औषधिको बिक्रीलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार लहानमा नेपाल औषधि व्यवसायी सङ्घ मधेस प्रदेशको नवनिर्वाचित समितिको शपथ ग्रहण कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश खन्दवालले औषधि बिक्रीका बेथिति रोक्न नियमित अनुगमन गर्नुपर्ने बताए । “औषधि विभागमा दर्ता नभएका, नवीकरण नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित ‘फर्मास्युटिकल’ बनावट भएका औषधि बिक्री भइरहेको गुनासो आएकाले त्यसलाई रोक्न आवश्यक भएको छ”, उनले भने । अध्यक्ष खन्दवालले नयाँ औषधि ऐन बन्ने प्रक्रियामा रहेको पनि जानकारी दिए ।

त्यसैगरी, औषधि व्यवसायी सङ्घ मधेस प्रदेशका नवनिर्वाचित अध्यक्ष शिवनाथ सिंहले औषधि व्यवस्था विभागसँग समन्वय गरी आफूहररुले औषधि व्यवसायका समस्या समाधान गर्ने बताए ।

महासचिव पप्पुकुमार झाले औषधि व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै गाउँका जनतालाई सहज रुपमा औषधिको व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास सारडाले प्रतिबन्धित औषधिको सहज बिक्रीले यहाँका युवालाई प्रभावित पारेको धारणा व्यक्त गरे ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले औषधि व्यवसायीको पेसा संवेदनशील छ भन्दै नगरभित्रका औषधि पसलको दर्ता, नवीकरण, अनुगमन तथा व्यवस्थापन गर्न नगरका तर्फबाट सरोकारवालासँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत पुस १३ गते सम्पन्न अधिवेशनबाट शिवनाथ सिंहको अध्यक्षतामा नेपाल औषधि व्यवसायी सङ्घ मधेस प्रदेशको १८ सदस्यीय निर्वाचित कार्यसमितिलाई कानुनी सल्लाहकार राजदेव यादवले शपथ गराएका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.