भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

कर्मचारीले अध्यादेशको नाममा राजनीति नगर्न आग्रह

कर्मचारीले अध्यादेशको नाममा राजनीति नगर्न आग्रह

भक्तपुर । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्य्मान कानुनमा सधार गर्नेपर्ने बताएका छन् ।

रफत सञ्चार क्लबको १५ औं वाषिकोत्सव कार्यक्रममा मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । उनले सरकारको कर्मचारीले अध्यादेशको नाममा राजनीति नगर्न आग्रह गर्दै कर्मचारी तन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएको तर्क गरे ।

मन्त्री गुरुङले जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता नहुने प्रतिक्रिया दिए । नेपाली कांंग्रेसका प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले देशलाई आवश्यकता परेका बेला सरकारले संवैधानिक व्यवस्था अनुरुप नै अध्यादेश जारी गर्ने गरेको बताए ।

राष्टिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसदलाई छलेर अध्यादेश ल्याउनाले संसदको अधिकार संकुचन हनेतर्फ सरकार चनाखो नभएको गुनासो गरे ।

 


Thali Mobile Pvt.Ltd.