भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

बेलायती अधिराजकुमारी सोफिया भक्तपुर अस्पतालमा, नवजात शिशुलाई बोकेर अस्पताल अवलोकन

बेलायती अधिराजकुमारी सोफिया भक्तपुर अस्पतालमा, नवजात शिशुलाई बोकेर अस्पताल अवलोकन

भक्तपुर । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी सोफियाले भक्तपुर अस्पतालको अवलोकन गरेकी छन्। नेपाल भ्रमणमा रहेकी उनले भक्तपुर अस्पतालको अवलोकन गर्दै प्रसूति कक्ष (गाइनो वार्ड) को बारे जनाकारी लिएकी हुन ।

उनले प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको प्रतिक्रिया दिदै यौन दुर्व्यवहार र हिंसामा परेका महिलाबारे चासो दिएकी हुन ।

अवलोकनका क्रममा अधिराजकुमारी सोफियाले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था र उपचार विधिबारे पनि जानकारी लिएकी थिइन्।

अवलोकनपछि छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै अस्पतालमा प्रसूति कक्षलाई आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको जानकारी दिए ।

अधिराजकुमारी सोफियाले बिना पारिश्रमिक महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्‍याइरहेको योगदानको प्रसंशा गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा अस्पतालले दिँदै आएको सेवा र योगदानप्रति खुशी व्यक्त गरिन्।

मन्त्रालयका स्वस्थ्य सचिव डा सुमित्रा गौतमले भक्तपुर अस्पताल मुलुकको नमूना अस्पताल बनाउन सफल भएको उल्लेख गर्दै प्रदेशका सबै अस्पतालको विकासमा मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको बताइन्। अस्पतालका कार्यकारी निर्देशक डा.सुरेन्द्रप्रसाद भट्टले सोफियालाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्‍याउँदै आएको सेवा र अवस्थाका बारेमा जानकारी दिए।

अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका विरामीलाई सवा दिइरहेको बताउदै अस्पतालले एमआरआई, सिटी स्क्यान, डायलोसिस मेशिन सञ्चालनमा ल्याउन पाए विरामीले धेरै राहत पाउने बताए।

 


Thali Mobile Pvt.Ltd.