भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

कञ्चनपुर र भरतपुर कारागारबाट भागेका कैदीबन्दी क्रमशः फिर्ता आउँदै

कञ्चनपुर र भरतपुर कारागारबाट भागेका कैदीबन्दी क्रमशः फिर्ता आउँदै

मुख्य बुँदा

कञ्चनपुर कारागारबाट भागेका ११७ जना कैदीबन्दी सम्पर्कमा

कारागार प्रशासन र प्रहरीको आग्रहपछि कैदी फिर्ता हुँदै

केही कैदी भारतीय सीमा सुरक्षा बल (एसएसबी) मार्फत पनि नियन्त्रणमा

चितवन भरतपुर कारागारबाट ५४ कैदीबन्दी आफैँ फर्किएका

दुवै कारागारमा आगजनी र तोडफोड पछि सुरक्षाकर्मीलाई चुनौती

कञ्चनपुर, २७ भाद्र । जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु क्रमशः सम्पर्कमा आउन थालेका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्किन आग्रह गरेसँगै बुधबारदेखि ११७ जना कैदीबन्दी फिर्ता आएका छन्। केहीले फोन सम्पर्क गरी आउने क्रम जारी राखेका छन् भने केही इलाका प्रहरीको सम्पर्कमा आएका छन्।

कञ्चनपुर कारागारमा ४७८ जना कैदीबन्दी रहेका थिए, जसमा ४५५ जना मङ्गलबार साँझ भागेका थिए। हाल २३ जना कैदीबन्दी भने भागेका छैनन्। कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योगलगायतका मुद्दाका कैदी राखिएका छन्। बुधबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आठ जना भागेका कैदीलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीले बुझाएको थियो।

भरतपुर, चितवन – चितवनको भरतपुर कारागारबाट बुधबार बिहान आगजनी गरी भागेका ५४ जना कैदीबन्दी आफैँ फिर्ता आएका छन्। कारागारमा ७४० कैदीबन्दी थिए, जसमा ४६ जना महिला रहेका थिए।

सुरक्षाकर्मीको घेरा तोडेर बाहिर निस्किएका कैदीहरुलाई फोन गरेर बोलाएपछि फर्किन थालेको जिल्ला कारागार प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिए। ढुङ्गानाका अनुसार भागेका कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि सुरक्षाकर्मीहरु उनीहरुलाई नियन्त्रण गर्न असमर्थ भए। आगोको कारण मूल गेटमा क्षति पुगेको थियो।

 


Thali Mobile Pvt.Ltd.