भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दै

युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं । युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल राति पौने १ बजे जर्मनीको सिग्लन इडुना पार्कमा शुरु हुनेछ ।

इङ्गल्यान्डले स्विट्जरल्यान्डलाई हराएर र नेदरल्यान्ड्सले टर्कीलाई हराएर अन्तिम चारमा पुगेका हुन् । आजको खेलको विजेताले उपाधिका लागि स्पेनसँग आउँदो आइतवार खेल्नेछ ।

गएराति भएको खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो । खेलको आठौँ मिनेटमा कोलो मुआनीले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । तर २१ औँ मिनेटमा यमल र २५ औँ मिनेटमा ओल्मोले गोल गरे र स्पेनलाई फाइनलमा पुर्‍याए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.