भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

एभरेस्ट पब्लिक एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

एभरेस्ट पब्लिक एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

भक्तपुर, १६ असार । मध्यपुर ठिमी नगरपालिका–९ स्थित एभरेस्ट पब्लिक एकेडेमीले यस वर्षको एसईई (SEE) परीक्षा उत्तीर्ण गरेका आफ्ना विद्यार्थीहरूलाई सम्मान र बधाईस्वरूप एक विशेष कार्यक्रमको आयोजना गरेको छ। आईतबार सम्पन्न उक्त कार्यक्रममा विद्यालयका ३४ जना विद्यार्थीलाई उत्कृष्ट अंकसहित एसईई परीक्षा उत्तीर्ण गरेकोमा बधाई दिइएको थियो।

विद्यार्थी सुयोग नेपालले यस वर्ष ४.०० जीपीएका साथ उपलब्धि हासिल गरेकाे स्कूलका संस्थापक निर्देशक उमेश सापकोटाले जानकारी दिनुभयाे । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष कूल ९७१ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेका छन्, जसमा भक्तपुर जिल्लाबाट ३० जना रहेका छन्।

अन्य जिल्लाहरूमा काठमाडौंबाट ४१०, ललितपुरबाट १००, रुपन्देहीबाट ८७, कास्कीबाट ६५, चितवनबाट ३७, धनुषाबाट २०, मोरङबाट १८ र कैलालीबाट ७ जना विद्यार्थीले उच्चतम ग्रेड हासिल गरेका छन्।

विद्यालय प्रशासनले विद्यार्थी, अभिभावक, शिक्षक तथा स्टाफप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ राम्रो शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.