भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

एसईई परीक्षा चैत पहिलो साता, ३५ प्रतिशत अंक अनिवार्य ल्याउनैपर्ने

एसईई परीक्षा चैत पहिलो साता, ३५ प्रतिशत अंक अनिवार्य ल्याउनैपर्ने

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो साताबाट सुरु हुने भएको छ । संसद्मा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्ने अन्योलका बीच राष्ट्रिय परीक्षा बोर्डले एसईई हुँदैन भन्ने भ्रममा नपर्न अध्यक्ष डा महाश्रम शर्माले बताए ।

पत्रकारसंग कुरा गर्दै उनले भने, ‘शिक्षा विधेयक संसदमा छलफलको क्रममै छ। त्यसैले बोर्डको निर्धारित तालिकाअनुसारै एसईई हुन्छ, शिक्षा विधेयक संसदको पूँजी हो। यो विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा एसईई परीक्षा रोकिँदैन। नियमित ढंगले हुन्छ।’

एसईई परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार ४ सय ४४ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका बोर्डले जनाएको छ । यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.