भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

एसईई परीक्षा चैत पहिलो साता, ३५ प्रतिशत अंक अनिवार्य ल्याउनैपर्ने

एसईई परीक्षा चैत पहिलो साता, ३५ प्रतिशत अंक अनिवार्य ल्याउनैपर्ने

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो साताबाट सुरु हुने भएको छ । संसद्मा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्ने अन्योलका बीच राष्ट्रिय परीक्षा बोर्डले एसईई हुँदैन भन्ने भ्रममा नपर्न अध्यक्ष डा महाश्रम शर्माले बताए ।

पत्रकारसंग कुरा गर्दै उनले भने, ‘शिक्षा विधेयक संसदमा छलफलको क्रममै छ। त्यसैले बोर्डको निर्धारित तालिकाअनुसारै एसईई हुन्छ, शिक्षा विधेयक संसदको पूँजी हो। यो विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा एसईई परीक्षा रोकिँदैन। नियमित ढंगले हुन्छ।’

एसईई परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार ४ सय ४४ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका बोर्डले जनाएको छ । यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.