भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

राष्ट्रियसभा निर्वाचन उम्मेदवारको आज नामावली प्रकाशन

राष्ट्रियसभा निर्वाचन उम्मेदवारको आज नामावली प्रकाशन

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरी आयोगले अपराह्न नामावली प्रकाशन गर्न लागेको जनाएको छ । दुई जनाविरुद्ध उजुरी परेको छ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपांगता समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ । निर्वाचनमा भाग लिन नचाहने उम्मेदवारले शुक्रबार नाम फिर्ता गर्न सक्नेछन् ।

शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते शनिबार बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान तय भएको छ।

 


Thali Mobile Pvt.Ltd.