भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ ।

“अन्तर्राष्ट्रिय टर्मिनलको आगमन भन्सार क्षेत्र साँघुरो भई यात्रुलाई असहज भइरहेकामा सो क्षेत्रको विस्तार भएको छ, प्रस्थानको ‘चेक इन’ क्षेत्रसमेत विस्तार गर्न लागिएको छ”, महाप्रबन्धक तिवारीले भने । आन्तरिक आगमनतर्फ एक मात्र ‘ब्यागेज बेल्ट’ रहेकामा छुट्टै दुई बेल्टसहित फराकिलो आगमन टर्मिनल निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

योसँगै अन्तर्राष्ट्रिय टर्मिनल भवनको चेक इन क्षेत्र विस्तारको कार्य अघि बढाइने महाप्रबन्धक तिवारीले जानकारी दिए । विमानस्थलको धावनमार्गबाट जहाज बाहिर गई जहाजको ल्याण्डिङ गियररचक्का धसिएर वा क्षति भई जहाज चल्न नसक्ने ‘डिसेबल’ भएको अवस्थामा जहाजलाई यथाशक्य छिटो कम क्षति हुने गरी तानेर धावमार्गको अवरोध हटाई अपरेसन सञ्चालन गर्न आवश्यक कम्तीमा पनि न्यूनतम उपकरणको व्यवस्था गर्न लागिएको छ ।

कार्यालयसँग हुनुपर्ने आवश्यकता विगतको घटना (टर्किसलगायत आन्तरिक जहाजको घटना) ले दिलाएकाले अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डिसेबल एयरक्रफ्त रिकोभरी किट्स’ को व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।

त्यस्तै आन्तरिक सवारी पाकिङ क्षेत्र र एक्सेस रोडको विस्तार सम्पन्न भएको छ । यसले पार्किङ क्षमता बढ्ने र यात्रु छाड्नमात्र आउनेका लागि पार्किङमा जान नपर्ने गरी निःशुल्क ‘ड्रप्प’ मात्रको पनि सुविधा प्राप्त हुनेछ । रासस

 

 


Thali Mobile Pvt.Ltd.