भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१० महिनामा खाद्य वस्तुमा करिब साढे ७ प्रतिशत मूल्यवृद्धि, सबैभन्दा महँगो तरकारी

१० महिनामा खाद्य वस्तुमा करिब साढे ७ प्रतिशत मूल्यवृद्धि, सबैभन्दा महँगो तरकारी

काठमाडौं । चालु आवको १० महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव २७ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९६ प्रतिशत छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी २.९६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक सबैभन्दा बढी छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरूको ७.२५ प्रतिशतले बढेको छ ।

त्यसैगरी घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ७=१३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।गत वैशाखमा काठमाडौ+ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ३०, तराईको ४ दशमलव ३२, पहाडको ४ दशमलव ७० र हिमालको ४ दशमलव २२ प्रतिशत रहेको छ।

 

 


Thali Mobile Pvt.Ltd.