भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

रौतहटमा नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा पर्दा …..

रौतहटमा नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा पर्दा …..

रौतहट । रौतहटमा नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागिरहेका नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका हुन ।

शुक्रवार दिउँसो गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आफू जिल्लाको घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

आरोपी हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । नक्कली प्रहरीको रूपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका ८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.