भर्खरै : Sorry, your browser does not support inline SVG.

रौतहटमा नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा पर्दा …..

रौतहटमा नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा पर्दा …..

रौतहट । रौतहटमा नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागिरहेका नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका हुन ।

शुक्रवार दिउँसो गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आफू जिल्लाको घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

आरोपी हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । नक्कली प्रहरीको रूपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका ८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.