काठमाडौं । फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्बललाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो । उपाधिसँगै चर्च ब्वाइजले १० लाख पाँच सय ५५ र उपविजेता मच्छिन्द्रले पाँच लाख पाँच सय ५५ रुपियाँ पुरस्कार पायो ।
निर्धारित समयमा मच्छिन्द्रका बिजु भुजेलले ४५औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । दुई मिनेट लगत्यै अतिरिक्त समयमा विपक्षी समिर तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ७८औँ मिनेटमा चर्च ब्वाइजका छिरिङ लामाले गोल गर्दै टोलीलाई अगाडि बढाए । ८८औँ मिनेटमा मच्छिन्द्रका सनिष श्रेष्ठले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए । त्यसपछि टाइब्रेकरमा पुगेको खेलमा चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुडाथोकी, फाकुन्ले आवायामीले गोल गरे ।
मच्छिन्द्रका समिरराज थोकर, सौरभ सुब्बा, सनिष श्रेष्ठ र देबेन्द्र तामाङले गोल गरे । दयानन्द इङबामको प्रहार चर्च ब्वाइजका गोलरक्षक कृशल मोक्तानले बचाए । खेलभर ६ गोल गर्नुभएका समिर तामाङ सर्वोत्कृष्ठ खेलाडी भए । उनले १५ हजार रुपियाँ पुरस्कार पाए । चर्च ब्वाइजका कृश्चल मोक्तान वेष्ट गोलरक्षक, चर्चकै देबेन्द्र तामाङ वेष्ट डिफेन्स, चर्चकै दिपेश गुरुङ वेष्ट मिल्डर र चर्चकै सुमन श्रेष्ठ बेष्ट प्रशिक्षक घोषित भए । सबैलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २ असार । सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट सकुशल फेला पारेको छ। उनी केही...
काठमाडौँ, २ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलस्थित Level Up Enterprises नामक कम्पनीले चीनबाट आयात गरेको ७४ पोका ब्रान्डेड सनग्लास, लेडिज टप्स लगायतका सामानमा अनियमितता उजागर भएको...
महोत्तरी, २ असार। मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा पशुपालक किसानले...
म्याग्दी, २ असार । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक ९मार्ग० जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको...