भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टोमा

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टोमा

काठमाडौं । फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्बललाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो । उपाधिसँगै चर्च ब्वाइजले १० लाख पाँच सय ५५ र उपविजेता मच्छिन्द्रले पाँच लाख पाँच सय ५५ रुपियाँ पुरस्कार पायो ।

निर्धारित समयमा मच्छिन्द्रका बिजु भुजेलले ४५औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । दुई मिनेट लगत्यै अतिरिक्त समयमा विपक्षी समिर तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ७८औँ मिनेटमा चर्च ब्वाइजका छिरिङ लामाले गोल गर्दै टोलीलाई अगाडि बढाए । ८८औँ मिनेटमा मच्छिन्द्रका सनिष श्रेष्ठले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए । त्यसपछि टाइब्रेकरमा पुगेको खेलमा चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुडाथोकी, फाकुन्ले आवायामीले गोल गरे ।

मच्छिन्द्रका समिरराज थोकर, सौरभ सुब्बा, सनिष श्रेष्ठ र देबेन्द्र तामाङले गोल गरे । दयानन्द इङबामको प्रहार चर्च ब्वाइजका गोलरक्षक कृशल मोक्तानले बचाए । खेलभर ६ गोल गर्नुभएका समिर तामाङ सर्वोत्कृष्ठ खेलाडी भए । उनले १५ हजार रुपियाँ पुरस्कार पाए । चर्च ब्वाइजका कृश्चल मोक्तान वेष्ट गोलरक्षक, चर्चकै देबेन्द्र तामाङ वेष्ट डिफेन्स, चर्चकै दिपेश गुरुङ वेष्ट मिल्डर र चर्चकै सुमन श्रेष्ठ बेष्ट प्रशिक्षक घोषित भए । सबैलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

 


Thali Mobile Pvt.Ltd.