भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

दक्षिण कोरियामा निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियामा निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध सियोल पश्चिमी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ जारी भएको हो ।

गत डिसेम्बर ३ मा अप्रत्याशित रुपमा देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति योलले गर्दै छोटो अवधिको सैन्य कानुन अर्थात् ‘मार्शल ल’ घोषणा गरेका थिए। त्यसको ६ घण्टाको अन्तरालमा उनले आफ्नो घोषणा फिर्ता लिए।

तर, विपक्षीले दोस्रो पटक संसदमा राष्ट्रपतिको कदमविरुद्ध ल्याएको महाभियोगको प्रस्तावमा सत्ता पक्षको समर्थनमा पारित भएपछि राष्ट्रपति योल निलम्बित भएका थिए। उनको मुद्दा संवैधानिक अदालतमा विचाराधीन छ।

उनले चालेको कदमका विषयमा छानबिन गर्न र सोधपुछका लागि अदालतमा उपस्थित हुन भने पनि तीन पटकसम्म राष्ट्रपति नगएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै छानबिनको दायरामा ल्याइ अनुसन्धान गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयले अदालतलाई पक्राउ पुर्जी जारी गर्न आग्रह गरेका थिए।

राष्ट्रपतिले आफ्नो कार्यालयमा प्रहरीलाई छापा मार्न समेत नदिएपछि भ्रष्टाचार कार्यालयले यस्तो कदम उठाएको बताइएको छ।
मार्शल ल लगाउने निर्णयका कारण संसद्ले महाभियोग लगाएपछि युनलाई राष्ट्रपतिको शक्तिबाट निलम्बन गरिएको थियो। युनलाई पुनर्स्थापित गर्ने वा उनलाई पदबाट स्थायी रूपमा हटाउने भन्ने बारेमा संवैधानिक अदालतको हातमा रहेको छ भने राष्ट्रपतिविरुद्धको सुनुवाइ र निर्णय गर्न अदालतसामू १८० दिन छ।

पुर्जी जारी गरेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पुष्टि गरेको हो। दक्षिण कोरियाली सञ्चारमाध्यम योनहापका अनुसार दक्षिण कोरियामा पहिलो पटक कुनै पनि राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो। उच्च पदस्थ अधिकारिको छानबिनका लागि रहेको भ्रष्टाचार अनुसन्धान कार्यालयको अनुरोधमा अदालतले निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.