भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फेलिक्स सिसेकेदी कंगोको राष्ट्रपतिमा निर्वाचित

फेलिक्स सिसेकेदी कंगोको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । फेलिक्स सिसेकेडी प्रजातान्त्रिक गणतन्त्र कंगोमा राष्ट्रपति निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । राष्ट्रपतिले करिब ७३ प्रतिशत भोट ल्याएको तथा उनका निकटतम प्रतिद्वन्द्वी मोइस कातुम्बीले १८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन कार्यालयको घोषणा छ ।

उनका विपक्षी उम्मेदवारहरूले भने पुनः मतदानको माग गर्दै यो चुनावलाई “धोखा’’को रूपमा निन्दा गरेका छन् । आइतबार निर्वाचन परिणाम घोषणा गरिएपछि कैयौं प्रमुख प्रतिद्वन्द्वीहरूले विरोध प्रदर्शनको आह्वान गरेका छन् ।

राजधानी किन्शासाका विभिन्न भागमा कुनै अशान्ति हुन नदिन सेना परिचालन गरिएको छ भने सिसेकेदीका समर्थकहरू विजय उत्सव मनाइरहेका छन् । गत २० डिसेम्बरमा भएको चुनावमा व्यापक कमजोरी तथा धाँधली भएको आरोप लागेको छ ।

देशका केही भागहरूमा दोस्रो दिन पनि मतदान विस्तार गर्नुपरेको थियो भने पर्यवेक्षक समूहका अनुसार करिब दुई तिहाइ मतदान केन्द्रहरू निर्धारित समयभन्दा निकै ढिला मात्रै खुलेका थिए ।

 


Thali Mobile Pvt.Ltd.