भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

फेलिक्स सिसेकेदी कंगोको राष्ट्रपतिमा निर्वाचित

फेलिक्स सिसेकेदी कंगोको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । फेलिक्स सिसेकेडी प्रजातान्त्रिक गणतन्त्र कंगोमा राष्ट्रपति निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । राष्ट्रपतिले करिब ७३ प्रतिशत भोट ल्याएको तथा उनका निकटतम प्रतिद्वन्द्वी मोइस कातुम्बीले १८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन कार्यालयको घोषणा छ ।

उनका विपक्षी उम्मेदवारहरूले भने पुनः मतदानको माग गर्दै यो चुनावलाई “धोखा’’को रूपमा निन्दा गरेका छन् । आइतबार निर्वाचन परिणाम घोषणा गरिएपछि कैयौं प्रमुख प्रतिद्वन्द्वीहरूले विरोध प्रदर्शनको आह्वान गरेका छन् ।

राजधानी किन्शासाका विभिन्न भागमा कुनै अशान्ति हुन नदिन सेना परिचालन गरिएको छ भने सिसेकेदीका समर्थकहरू विजय उत्सव मनाइरहेका छन् । गत २० डिसेम्बरमा भएको चुनावमा व्यापक कमजोरी तथा धाँधली भएको आरोप लागेको छ ।

देशका केही भागहरूमा दोस्रो दिन पनि मतदान विस्तार गर्नुपरेको थियो भने पर्यवेक्षक समूहका अनुसार करिब दुई तिहाइ मतदान केन्द्रहरू निर्धारित समयभन्दा निकै ढिला मात्रै खुलेका थिए ।

 


Thali Mobile Pvt.Ltd.