भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ललितपुरमा डेडेलो निभाउने क्रममा घाइते दुई जना मध्ये एकको ज्यान गयो,अस्पतालका विरामी अन्तै सारियो

ललितपुरमा डेडेलो निभाउने क्रममा घाइते दुई जना मध्ये एकको ज्यान गयो,अस्पतालका विरामी अन्तै सारियो

ललितपुर । डढेलो निभाउने क्रममा दुई जना घाइते मध्य एकजनाको ज्यान गएको छ । ललितपुरको गोदावरी नगरपालिका–४ बडीखेल जङ्गलमा फैलिएको डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको हो भने एक जनाको उपचार भइरहेको छ ।

वडा नम्बर ३ को फूलचोकी जङ्गल क्षेत्रबाट शुरु भएको डढेलो फैलिएर वडा नम्बर ४, ५ र ६ मा पुगेको छ । डढेलो फैलिएपछि वडा नम्बर ६ को आनन्द वन कुष्ठरोग अस्पताल पनि जोखिममा परेको र अस्पतालका ९३ जना बिरामीलाई अन्तै सारिएको प्रहरीले जनाएको छ ।

डढेलो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रक तथा चार वटा दमलकसहितको टोली परिचालित भएको छ ।

डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरीको मृत्यु भएको र रमेश पहरी घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । घाइतेको कीर्तिपुर जलन उपचार अस्पतालमा उपचार भइरहेको छ । आनन्द वन अस्पतालमा कुष्ठरोगीको उपचार हुँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.