भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

घनाजंगल र खर्कहरूमा फैलियो डडेलो, गौरीशंकर संरक्षण क्षेत्रमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर

घनाजंगल र खर्कहरूमा फैलियो डडेलो, गौरीशंकर संरक्षण क्षेत्रमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर

काठमाडौं । दोलखाको हिमाली वनमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । दोलखाको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रमा लागेको डडेलो नियन्त्रण बाहिर गएको हो ।

डढेलो नियन्त्रणका लागि जिल्ला प्रशासनमा सर्वपक्षीय बैठक बसेको र डढेलोको धूवाँले गौरीशंकर हिमालसहित रोल्वालिङ हिमशृंखला र उत्तरका गाउँहरू ढाकिँदै गएको जनाएको छ ।

विकट ठाउँमा भएका कारण डढेलो नियन्त्रण गर्न कठिन भएपनि हेलिकप्टरबाट पानी हाली नियन्त्रणको प्रयास भइरहेको छ । चिसो छल्न तलतिर झरेका वन्यजन्तु डढेलोमा परेको अनुमान गरिएको छ ।

रेडपाण्डा र झारलको बासस्थान पनि रहेको हिमाल नजिकैका खर्कहरूमा डढेलो बढेको छ । डढेलोले रेडपाण्डाको बासस्थान रहेको निगालोको जंगल पूर्ण रूपमा जलेको छ ।

३ हजार मिटर उचाइभन्दा माथिबाट सल्केको डढेलो घनाजंगल र खर्कहरूमा फैलिइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.