भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प

बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प

मुख्य बुँदा

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग अवरुद्ध

सतुङ्गल–चित्लाङ सडक एक महिनाका लागि बन्द

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक पनि बन्द

वीपी राजमार्गमा सवारी आवागमन रोक

मध्यपहाडी लोकमार्गका केही खण्ड पूर्ण अवरुद्ध

केही स्थानमा वैकल्पिक मार्गबाट एकतर्फी सञ्चालन

काठमाडौं, २६ जेठ । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न प्रमुख राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ। आज बिहान साढे ६ बजेसम्मको विवरण अनुसार काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो खसेपछि सतुङ्गल–चित्लाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्मत कार्य आवश्यक भएकाले यो सडक एक महिनाका लागि बन्द गरिएको जनाइएको छ।

त्यस्तै बागमती प्रदेशअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा सडक मर्मत भइरहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ। यो खण्ड पनि मर्मतका लागि एक महिनासम्म बन्द रहने जानकारी दिइएको छ।

काभ्रेपलाञ्चोकमा सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी आवागमन रोकिएको छ।

कोशी प्रदेशमा मध्यपहाडी लोकमार्गका दुई स्थानमा अवरोध देखिएको छ। पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा बाढीका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको सम्बन्धित निकायले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.