भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

आगामी तीन दिन यी नदीमा बाढीको जोखिम, सावधानी अपनाउन महाशाखाको आग्रह

आगामी तीन दिन यी नदीमा बाढीको जोखिम, सावधानी अपनाउन महाशाखाको आग्रह

काठमाडौं । आगामी तीन दिन देशका मुख्य नदी र खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीका साथै बागमती, महाकली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा बाढीको जोखिम छ ।

आज इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने धेरै नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकश्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । भोलिदेखि देशभरका धेरै नदीमा बहाव बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकश्मिक बाढीको जोखिम रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.