भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

महिला फुटबलः क्वाटरफाइनल समीकरण पूरा, फाइनल खेल अगष्ट १० मा हुने

महिला फुटबलः क्वाटरफाइनल समीकरण पूरा, फाइनल खेल अगष्ट १० मा हुने

काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिकमा महिला फुटबलतर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार राति लिग चरणका खेलहरु सकिएपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । समूह ए बाट फ्रान्स र क्यानडा शीर्ष दुईमा हरँदै क्वाटरफाइनल पुग्दा समूह बी बाट अमेरिका र जर्मनी अन्तिम ८ मा स्थानमा रहे ।

फ्रान्सले अन्तिम खेलमा न्युजिल्याण्डलाई २–० ले तथा क्यानडाले कोलम्बियालाई १–० ले पराजित गर्‍यो । समूह बीअन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई २–१ ले तथा जर्मनीले जाम्बियालाई ४–१ ले हरायो । यस्तै समूह सी बाट स्पेन र जापान शीर्ष दुईमा रहँदै क्वाटरफाइनल पुगेका हुन् ।ब्राजिलललाई अन्तिम खेलमा २–० ले पराजित गर्दै स्पेन समूह सी मा सबै तीन खेल जितेर शीर्ष स्थानमा रहेको हो ।

नाइजेरियालाई ३–१ ले हराउँदै जापान समूह उपविजेता बन्यो । तेस्रो हुने मध्येबाट उत्कृष्ट दुईमा रहँदै न्युजिल्याण्ड र कोलम्बिया क्वाटरफाइनलमा गएका छन् । क्वाटरफाइनलमा आयोजक फ्रान्सले ब्राजिलसँग खेल्नेछ भने स्पेनले कोलम्बिया, अमेरिकाले जापान तथा क्यानडाले जर्मनीसँग खेल्नेछ । क्वाटरफाइनल खेलहरु अगष्ट ३ मा हुनेछ । फाइनल खेल अगष्ट १० मा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.