भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रचण्डमाथि गजुरेलको झटारो, दिएको पद पनि त्यागे

प्रचण्डमाथि गजुरेलको झटारो, दिएको पद पनि त्यागे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वेच्छाचारी र परिवारमुखी कार्यशैलीविरुद्ध पार्टीको हेडक्वार्टरमा विरोध चुलिएको छ । नारायणकाजी श्रेष्ठ, राम कार्की र चन्द्रप्रकाश खनालले प्रचण्डको विकल्पमा जान तयार हुनुपर्ने बताइरहेका बेला एक नेताले सामूहिक राजीनामाको आह्वान गरेका छन् ।

जनार्दन शर्मा प्रचण्डविरुद्ध मोर्चाबन्दीमा लागि सकेको र उस्तै परे जनार्दन र वर्षमान एक ठाउँमा उभिने ति नेताले बताए । उपमहासचिव हरिबोल गजुरेलले प्रचण्ड शैलीको विरोधस्वरूप आफ्नो पदबाट राजीनामा दिएका छन् । गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा पेस गरेका हुन् ।

राजीनामापत्रमा उनले पदाधिकारी सबैलाई सामूहिक राजीनामा दिनसमेत आह्वान गरे । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा पत्रमा पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित गरेका छन् ।

‘महान् यात्रामा लामबद्ध हुन राजीनामाले नैतिक बल प्रदान गर्दछ,’ गजुरेलले खुलाएका छन्, ‘कार्यकर्ता र जनताको विश्वास जितेर पार्टीलाई एकताबद्ध गर्न र निरन्तरतामा क्रमभंग गर्न आवश्यक छ। घिसेपिटे निर्णय गरेर कार्यकर्ता र जनताको भाँचिएको मन जोड्न सकिन्न।’

‘पदाधिकारी कमरेडहरू सामूहिक राजीनामा दिन तयार हुनुहुन्न भने म आफ्नो भागमा पर्ने गल्तीको नैतिक जिम्मेवारी लिँदै स्थायी समितिमा विस्तृत कुरा राख्न पाउने अपेक्षासहित उपमहासचिव पदबाट अध्यक्षसमक्ष राजीनामा पेस गर्ने अनुमति चाहन्छु,’ उनले लेखेका छन्।

माओवादीले साउन २५ गतेका लागि स्थायी समितिको बैठक बोलाएको छ। गजुरेलले पार्टीमा देखापरेका समस्या समाधानका लागि बृहत् छलफल नगर्ने हो भने गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

जुरेलले यसअघि प्रचण्ड प्रधानमन्त्री छँदा प्रधानमन्त्रीको सल्लाहकार पदबाट पनि राजीनामा दिएका थिए। अर्थात् प्रचण्ड र उनको परिवारको मनपरिलाई उनले नजिकबाट निकालेगा छन् । र प्रचण्डले दिएको पद दोस्रोपटक त्यागेर कडा झटारो हानेका छन्।

 


Thali Mobile Pvt.Ltd.