भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

१५ दिनसम्म नौबिसे–मलेखु सडक रातमा पाँच घण्टा बन्द हुने, पुलको संरचनामा काम गर्न सडक बन्द

१५ दिनसम्म नौबिसे–मलेखु सडक रातमा पाँच घण्टा बन्द हुने, पुलको संरचनामा काम गर्न सडक बन्द

काठमाण्डौ । नौबिसे–मलेखु सडक १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत उक्त सडक खण्ड बुधबारदेखि १५ दिनसम्म रातिमा मात्रै बन्द हुने भएको हो ।

यो सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्न सडक बन्द गर्न लागिएको हो । सडक बन्द भएको बेलामा अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकायलगायतका गाडी चल्ने छन् ।

सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने पनि आयोजनाले जनाएको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले एक सूचना निकालेर नौबिसे–मलेखु सडक खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्न लागिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.