भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

वैधानिक रुपमा कोरियाबाट फर्केका कामदारलाई पुनः पठाउने प्रक्रिया सुरु, छनोट गर्न विशेष कोरियन भाषा परीक्षा हुने

वैधानिक रुपमा कोरियाबाट फर्केका कामदारलाई पुनः पठाउने प्रक्रिया सुरु, छनोट गर्न विशेष कोरियन भाषा परीक्षा हुने

काठमाण्डौ । कामदारका लागि कोरियामा पुनः कामको अवसर आएको छ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएका कामदारहरुका लागि उक्त कामको अवसर आएको हो ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना निकालेर कोरिया गएर फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउनको लागि आवेदन आह्वान गरेको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाबाट काम गरी वैधानिक रुपमा फर्केका कामदारलाई पुनः पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनोट गर्न विशेष कोरियन भाषा परीक्षा हुनेछ ।

कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउनेछन् । आउँदो साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने सूचना उल्लेख छ । परीक्षाको नतिजा असोज २१ गते प्रकाशन हुनेछ ।

ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरुले मात्रै आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.