भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

२ वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान

२ वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान

पोखरा । यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान हुने भएको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको प्रयास भएको हो ।

पोखराबाट अन्तरराष्ट्रिय विमान उडान गर्नक लागि पटकपटक राज्यका सम्बन्धित उच्च निकायमा ध्यानाकर्षण गरिरहँदा पनि उडान शुरु हुन नसक्दा हामी निजी क्षेत्रका पर्यटन व्यवसायीले नै केही प्रयास गरौँ भनेर पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा अन्तरराष्ट्रिय उडान गर्न लागिएको जनाइएको छ ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको २ वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

शुरुवाती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट शुरु गरेर यसलाई व्यावसायिक उडानमा परिणत गरी नियमित अन्तरराष्ट्रिय उडान गर्न पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरू निरन्तर प्रयासरत रहेको परिषद्ले जनाएको छ।

चीनस्थित चाइना ट्राभल्स इन्टरनेशनल छेन्दुले शुरुआती उडानहरुमा सहकार्य गरिरहेको नेपालस्थत चाइनिज ओभरसिज एसोसिएशनले पनि संयोजनकारी भूमिका निर्वाह गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.