नगरकोट । नगरकोट भ्रमण वर्ष २०८२ का योजनाहरु सार्वजनिक भएको छ । बुधबार छलफल कार्यक्रम गरी नगर प्रमुख जीवन खत्रीले सार्वजनिक गरेका हुन । चाँंगुुनारायण नगरपालिका, काठमाडौंको शंखरापुर, काभ्रेको बनेपा र मण्डन देउपुर नगरपालिकासँंग सहकार्य गरी महोत्वस मनाउने योजना रहेको जनाएका हुन ।
विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक चाँगुनारायण मन्दिरको विशेषतालाई विश्वका पर्यटक, अध्ययन–अनुसन्धानकर्ता एवं हिन्दु तथा बौद्ध धर्मावलम्वीहरु मार्फत सर्वपरिचित गराउन सकिने भएको हो ।
चाँगुनारायण नगरपालिकामा चाँगुनारायण मन्दिरको अलावा त्रिशूलडाँडा, शान्ति डाँडा, ज्योतिर्लिंगेश्वर, महादेवपोखरी, बाल्मीकेश्वर, भिमेश्वर, कल्पेश्वर, मच्छेनारायण, सरस्वती स्थान, फैढोका गणेश, मुहानपोखरी, रानी झुला, ब्रम्हायणीहरु ,यातु महादेव, बोझीनी ड्याम, चट्टान अभिलेख लगायतका क्षेत्रहरुको समेत परिचय र महत्व उजागार गराइ नगरकोटमा आउने पर्यटकहरुको लागि अन्य क्षेत्रको समेत भ्रमण÷दर्शन गर्न प्रोत्सोहित गर्न अवसर मिल्ने भएको छ ।
महोत्वसका लागि मनोनित विज्ञ डा.घनश्याम खड्काले प्रस्तुत गरेको योजनाको छोटो रुप नगरकोट भ्रमण वर्ष किन ? चाँगुनारायण नगरपालिकामा रहेको नगरकोटका विशेषता सुर्योदय र सूर्यास्त मात्र नभई यहाँ वरपर रहेका धार्मिक तथा संस्कृतिक स्थलहरु समेत हुन् भन्ने विषय उजागर गरी ऐतिहासिक पौराणिक स्थलहरु समेतमा पर्यटकहरुलाई आकर्षित गर्न ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा ऐतिहासिक चट्टान अभिलेख लगायतको चाँगुनारायण नगरपालिका भित्रका समग्र पर्यटकीय क्षेत्रको जानकारी गरउने । भारत चिन लगायत तेस्रो मुलुकका पर्यटकहरुको आगमनमा वृद्धि गर्ने । विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर यसको महत्व विशिष्ट रुपमा प्रचार गर्ने ।
यातु महादेव, ज्योतिलिङ्गेश्वर महादेव, मच्छेनारायण, बाल्मीकेश्वर, बागेहिटी (तीनतले शिवलिङ्ग), फैढोका गणेश लगायतका धार्मिक स्थलहरुबारे यथार्थ परिचय दिई पर्यटन प्रवद्र्धन गर्ने । त्रिशूल डाँडा, महादेव पोखरी, मुहान पोखरी, बोझिनी ड्याम, नापी नक्सा बेन्च मार्क,लगायतका ऐतिहासिक पुरातात्विक स्थलको प्रचार प्रसार गर्ने ।
रानीझुला पुल, जिप लाईन जस्ता मनोरञ्जनात्मक क्षेत्रहरुको प्रचार प्रसार गर्ने । १०८ फिटको सरस्वती मूर्ति (निर्माणाधीन) र १०८ फिटको कल्पेश्वर महादेव मूर्ति (निर्माणाधीन) बारेमा जानकारी गराउने लगायतका उदेश्य रहेका छन् ।
