भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

नेपालमै पहिलो पटक सामुदायिक कलेजमा बिएस्सी सिएस आइटी शुरू, बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेज स्थापना

नेपालमै पहिलो पटक सामुदायिक कलेजमा बिएस्सी सिएस आइटी शुरू, बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेज स्थापना

बनेपा । बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेजले नेपालमै पहिलो पटक सामुदायिक कलेजमा बिएस्सी सिएस आइटी शुरू गरेको छ । कलेजले काभ्रे जिल्लामै सामुदायिक कलेजमा पहिलोपटक बीबीए समेत सुरु गरेको विहिबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व उद्योग राज्यमन्त्री, संविधान सभा सदस्य तथा बागमती प्रदेश सभा सदस्य एवंम्बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सञ्चालक समिति अध्यक्ष कन्चन चन्द्र वादेले यहाँका स्थानीय जनताका छोराछोरीलाई शिक्षा दिन कलेज स्थानपना गरिएको बताउनुभयो ।

उहाँले विगत लामो समयदेखि कलेज स्थापना गर्ने लक्ष्य लिएपनि केही बाधा र वेवधाका कारण कलेज स्थापन गर्न ढिला भएको बताउँदै कलेज सञ्चालन गर्न यहाँको भौतिक संरचना पूर्ण भएको जानकारी दिनुभयो । विगतमा विभिन्न विषयहरु पढ्न नपाएर काठमाडौंसम्म धाएको तीतो यथार्तलाई स्मरण गर्दै स्थानीयले आफ्नै ठाउँमा पढ्न पाउनु खुशीको विषय भएको उहाँले बताउँनुभयो ।

कलेजको सम्बन्धन लिन एक दशक कर्नु परेको तितो यर्थात सुनाउदै काभ्रे क्याम्पसका प्रमुख के.जी बैदारले दुवै संस्थाले गर्ने काम एउटै भए पनि बाध्यताले छुट्टै संस्था बनाउँनुपरेको बताउँनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिन खोजेपनि दश वर्षसम्म नपाएको गुनासो व्यक्त गर्नुभयो ।

सम्बन्धन लिन त्रिविले एक दशक कुराएको बताउदै राजर्शी जनकपुर विश्वविद्यालयले सम्बन्धन दिएकोमा खुशी व्यक्त गर्दै प्रमुख बैदारले त्रिविकै कारण आफूहरु दश वर्षपछि परेको तर्क गर्नुभयो । उहाँले नेपालमा युवाहरु नबस्नुको कारण शिक्षालाई हेर्ने दृष्टिको पनि प्रमुख कारण रहेको तर्क गर्नुभयो । राजशी जनकपुरबाट सम्बन्धन प्राप्त गर्दा पनि रोक्नलाई धेरैले प्रयास गरेपनि आफूहरु सफल भएको जानकारी दिनुभयो ।

बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्ले कलेज स्थापन गर्न नगरपालिकाको नेतृत्व निरन्तर लागिपरेकाले कलेज सञ्चालनमा सस्या आउँला कि भन्ने प्रश्नलाई मनबाट हटाइ दिन र बनेपा नगरबासीले सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले विगत मालो समयदेखि तय भएको यात्रा पुरा हुदै गर्दा सानातीना कुरामा अल्झिनु राम्रो नहुने तर्क गर्दै बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सञ्चालन गर्न नगरपालिकाले आफ्ना सबै प्रतिबद्धता पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

बीसीएमटी हालसालै स्थापना भएको नाफा रहित सामुदायिक कलेज भएकाले यस कलेजले आफ्‌नै घरदैलोमा पढ्न पाउँ भन्ने दशौं वर्ष अगाडिदेखि रहेको स्थानीय जनताको आकांक्षालाई पुरा गर्न यसै शैक्षिक वर्षमा तुरून्तै बीबीए र बिएस्सी सिएस आइटी कार्यक्रम सञ्चालन गर्न लागिरहेको काभ्रे बहुमुखी क्याम्पस सञ्चालनक समितिका अध्यक्ष लम्बोदर कायस्थले जानकारी दिनुभयो ।

नेपालमै पहिलो पटक सामुदायिक कलेजमा बिएस्सी सिएस आइटी शुरू, बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेज स्थापना

बजारमा महंगो शुल्क तिरेर पढ्नु पर्ने विषयहरूलाई कलेजले न्युनतम शुल्कमा पढाउने संकल्प गरेको र बीसीएमटीले निर्धारण गरेको शुल्क धेरैको लागि आश्चर्यचकित बनाउने गरी न्युनतम राखिएको बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सञ्चालक समितिले जनाएको छ । कार्यक्रममा  बनेपा नगरपालिका विभिन्न वडाका वडा अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्री तिम्लिसिनाले कलेज सञ्चालनको शुभकामना व्यक्त गर्नु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.