भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पचहत्तर जिल्लामा फैलियो डेंगु, ७ हजार संक्रमित

पचहत्तर जिल्लामा फैलियो डेंगु, ७ हजार संक्रमित

काठमाडौं । यसवर्ष ७५ जिल्लामा डेंगु फैलिएको छ । ६ हजार ८ सय ३१ जना संक्रमित भएका छन् । सन् २०२४ को सुरू गत पुसको मध्यदेखि हालसम्म डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सबैभन्दा धेरै डेंगुका बिरामी गण्डकी प्रदेशमा देखिएका छन् ।डेंगु पुष्टि हुनेको संख्या तीन हजार २ सय २९ पुगेको छ । तनहुँमा मात्रै एक हजार १ सय ४९ जनामा डेंगु पुष्टि भएको छ । कास्कीमा ७६४ र पर्वतमा ६५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। बागमती प्रदेशमा एक हजार ७२३ मा डेंगु देखिँदा काठमाडौंमा ५५२ र चितवनमा ५३३ जनामा डेंगु संक्रमण देखिएको छ।

यस्तै कोशी ८१५, लुम्बिनीमा ४७४, सुदूरपश्चिममा ३७९, मधेशमा १०६ र कर्णाली प्रदेशमा १०५ जना संक्रमित भेटिएका छन् ।अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो । यस वर्ष मुस्ताङ र हुम्ला जिल्लाबाहेक अरु जिल्लामा डेंगु देखिएको हो ।

 


Thali Mobile Pvt.Ltd.