भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ, जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुँनेछ भने बाँकी भागमा मौसम सफा र तराईका धेरै स्थानहरूमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यसैगरी आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहने छ। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। साथै, राति पनि यी प्रदेशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने छ भने बाँकी स्थानमा मौसम सफा हुनेछ।

हुस्सुको सम्भावना र सतर्कता:

विभागका अनुसार, आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ। गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा पनि हिमपात हुन सक्नेछ। बिहीबार बिहान, तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ, जसले दैनिक जीवन, कृषि, यातायात, स्वास्थ्य र हवाई उडानमा असर पुर्याउन सक्छ।

तसर्थ, मौसमको अनुकूलनसँगै सम्बद्ध सबै पक्षलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.