भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

वैदेशिक रोजगारीको नाममा करोडौं ठगी गर्ने त्रिलोक सिंह पोखराबाट पक्राउ

वैदेशिक रोजगारीको नाममा करोडौं ठगी गर्ने त्रिलोक सिंह पोखराबाट पक्राउ

काठमाडौँ, २९ साउन । वैदेशिक रोजगारीको नाममा ६६ जनाबाट करिब ४ करोड १७ लाख रुपैयाँ ठगी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एनएन मेरिटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंहलाई पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनामा लुकीछिपी बसेको विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।

पीडित डम्बर देउवा लगायतले दिएको जाहेरीका आधारमा सिंहविरुद्ध वैदेशिक रोजगारी ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीसँग समन्वय गरी साउन २८ गते उनलाई पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ।

पक्राउ परेका २९ वर्षीय सिंहको स्थायी ठेगाना बझाङ जिल्लाको बङ्गल नगरपालिका वडा नं. ६ भए पनि हाल उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा बस्दै आएका थिए। सिंहलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा बुझाइएको छ।

 


Thali Mobile Pvt.Ltd.