भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अन्तर्राष्ट्रिय विमानस्थलहरु पूर्ण क्षमतामा सञ्चालन गर्न तत्कालै प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निदेर्शन

अन्तर्राष्ट्रिय विमानस्थलहरु पूर्ण क्षमतामा सञ्चालन गर्न तत्कालै प्रस्ताव ल्याउन  प्रधानमन्त्रीको निदेर्शन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि प्रस्ताव तत्कालै ल्याउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिएका छन् ।

सम्बन्धित निकायसँग शुक्रबार छलफल गर्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न उनले निर्देशन दिएका हुन । वैदेशिक रोजगारीमा जाने र अन्य यात्रुलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

त्यसका लागि श्रम स्वीकृति, अध्यागमन, मेडिकललगायत सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गरिनुपर्नेमा प्रचण्डले जोड दिएका छन् । सरकारले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा सहुलियत दिन सक्ने बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायबारे सरोकारवाला निकायसँग छलफल गरहेका हुन । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअर ट्राफिकको समस्या रहेको र यसको उचित समाधान दिनुपर्ने आवश्यकता पनि देखिएको छलफलका क्रममा उठेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले छलफलमा प्रधानमन्त्रीले दुवै विमानस्थल देशका लागि रणनीतिक महत्त्वका परियोजना भएको भन्दै पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारी निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए ।

सरकारको ठूलो लगानी भएको र निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको अवस्थामा ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुको विकल्प नरहेको प्रधानमन्त्रीको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.