भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गड्डाचौकी नाकामा विदेशी पर्यटकलाई भारतीय पक्षको रोक

गड्डाचौकी नाकामा विदेशी पर्यटकलाई भारतीय पक्षको रोक

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताए ।

सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यहाँबाट भित्रिनेहरू प्रायः भैरहवाको नाकाबाट भारत जाने गरेका उनको भनाइ थियो । “यहाँबाट फ्रान्स, नेदरल्याण्ड, अमेरिका, बेलायत र जर्मनलगायत मुलुकका नागरिक नेपाल भ्रमणका लागि बढी भित्रिने गरेका छन् । दोस्रो भेरियन्टपछि पर्यटकको फिर्तीका लागि व्यवस्था मिलाउन माथिल्लो निकायमा पत्राचार गर्नाका साथै स्थानीयस्तरबाट पहल गरिएको थियो”, नासु भट्टले भने, “तर अझै नाका भने सहज गरिएको छैन ।”

यहाँबाट नेपाल प्रवेश गर्ने पर्यटक लुम्बिनी, पोखरा र बर्दियालगायत स्थानमा जान बढी रुचाउने गरेको उनले जानकारी दिए । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत यहाँका पर्यटकीयस्थलका बारेमा नाकामा कुनै खाले प्रचार नै भएन,” नासु भट्टले भने, “केही दिनअघि मात्रै शुक्लाफाँटाको एउटा बोर्ड राखिएको छ ।” त्यसैगरी केही समयअघि गृह जिल्ला कञ्चनपुर पुग्नुभएका परराष्ट्रमन्त्री एनपी साउदसँग पनि पर्यटकका लागि नाका सहज गरिदिनेबारे कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायत यहाँका व्यापारी र व्यवसायीले माग गरेका थिए ।

जिल्ला उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वरप्रसाद बोहराले नाकाबाट पर्यटक जाने विषयमा मन्त्रीस्तरमा वाणिज्य सङ्घले पहल गरे पनि सुनुवाइ नभएको बताए । “पर्यटकलाई नेपाल भित्रिँदा पनि रु २५ हजारभन्दा बढी रकम ल्याउन पनि नदिएको गुनासो छ,” उनले भने, “त्यसका लागि पनि हामीले पहल गरिदिन आग्रह गर्दै आएको छौँ ।” रासस

 


Thali Mobile Pvt.Ltd.