भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

गड्डाचौकी नाकामा विदेशी पर्यटकलाई भारतीय पक्षको रोक

गड्डाचौकी नाकामा विदेशी पर्यटकलाई भारतीय पक्षको रोक

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताए ।

सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यहाँबाट भित्रिनेहरू प्रायः भैरहवाको नाकाबाट भारत जाने गरेका उनको भनाइ थियो । “यहाँबाट फ्रान्स, नेदरल्याण्ड, अमेरिका, बेलायत र जर्मनलगायत मुलुकका नागरिक नेपाल भ्रमणका लागि बढी भित्रिने गरेका छन् । दोस्रो भेरियन्टपछि पर्यटकको फिर्तीका लागि व्यवस्था मिलाउन माथिल्लो निकायमा पत्राचार गर्नाका साथै स्थानीयस्तरबाट पहल गरिएको थियो”, नासु भट्टले भने, “तर अझै नाका भने सहज गरिएको छैन ।”

यहाँबाट नेपाल प्रवेश गर्ने पर्यटक लुम्बिनी, पोखरा र बर्दियालगायत स्थानमा जान बढी रुचाउने गरेको उनले जानकारी दिए । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत यहाँका पर्यटकीयस्थलका बारेमा नाकामा कुनै खाले प्रचार नै भएन,” नासु भट्टले भने, “केही दिनअघि मात्रै शुक्लाफाँटाको एउटा बोर्ड राखिएको छ ।” त्यसैगरी केही समयअघि गृह जिल्ला कञ्चनपुर पुग्नुभएका परराष्ट्रमन्त्री एनपी साउदसँग पनि पर्यटकका लागि नाका सहज गरिदिनेबारे कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायत यहाँका व्यापारी र व्यवसायीले माग गरेका थिए ।

जिल्ला उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वरप्रसाद बोहराले नाकाबाट पर्यटक जाने विषयमा मन्त्रीस्तरमा वाणिज्य सङ्घले पहल गरे पनि सुनुवाइ नभएको बताए । “पर्यटकलाई नेपाल भित्रिँदा पनि रु २५ हजारभन्दा बढी रकम ल्याउन पनि नदिएको गुनासो छ,” उनले भने, “त्यसका लागि पनि हामीले पहल गरिदिन आग्रह गर्दै आएको छौँ ।” रासस

 


Thali Mobile Pvt.Ltd.