भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आयरल्याण्डमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरामा छलफल

आयरल्याण्डमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरामा छलफल

काठमाडौं । आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमर र सभामुख देवराज घिमिरेबीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमर र सभामुख घिमिरेबीच दुई देशको सम्बन्ध बिस्तार र संसदमा आपसी सहयोगका बारेमा छलफल भएको हो । सभामुख घिमिरेले चीन र भारतको जस्तै नेपाली नागरिकलाई पनि बेलायतको भिसा लिएको खण्डमा आयरल्याण्ड भ्रमण गर्न अनुमति दिनुपर्ने कुरामा जोड दिएका थिए ।

जवाफमा अध्यक्ष बट्टिमरले आफू उठेका प्रश्नमा गम्भीर रहेको र आयरल्याण्डमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरा अघि बढाउन भ्रमणपछि स्वदेश फर्किएलगत्तै आयरल्याण्डका शिक्षामन्त्रीसँग कुरा राख्ने प्रतिवद्धता जनाए ।

 


Thali Mobile Pvt.Ltd.