भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’ | हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? |

सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र दिवस मनाइँदै

सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । जनताको सङ्घर्ष, बलिदानबाट ल्याएको गणतन्त्र स्थापनाका अवसरमा आज दिवस मनाइँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीको सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते संसद् पुनः स्थापना गरेका थिए ।

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद् बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा जेठ १ गते सिंहदरवारमा बसेको बैठकले उनको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो ।

समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू,

नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन् । प्रत्येक वर्ष गणतन्त्र दिवस जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गर्ने निर्णय भएको छ ।

 


Thali Mobile Pvt.Ltd.