भक्तपुर । सुर्यविनायकमा भव्यरुपमा गणेश जात्रा मनाइएको छ । सुर्यविनायक नगरपालिका–वडा ६ र ८ को संगम क्षेत्रमा रहेको गणेश मन्दिर परिसरबाट रथ निकालेर जात्रा मनाइएको हो ।
हजारौं सहभागिले अविर छर्दै रथ बजार परिक्रमा गरेर सूर्यविनायक चोकमा अविर, पुजापाठ र दक्षिणा चढाउदै गणेशको पुजा सम्पन्न गरेका हुन । गणेश चतुर्थीको दिन गरिने जात्रामा गणेशको मूर्तिलाई नगरबासीले नगर परिक्रमा गराइ विभिन्न गणेश मन्दिरमा लगेर अन्तिममा सुर्यविनायक चोकमा पुगि भोज प्रसाद ग्रहण गरि समापन गरिएको हो ।
जात्रा सुर्यविनाय मन्दिरबाट सुरु हुँदादेखि नै सिन्दुर छरेर सबै रंगिएका थिए ।