भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गुणस्तरीय उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउन सरकारसँग माग

गुणस्तरीय उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउन सरकारसँग माग

मुख्य बुँदा

गाउँपालिका राष्ट्रिय महासङ्घद्वारा विद्यार्थीलाई स्वदेशमै पढ्ने अवसर दिन सरकारसँग आग्रह,

कक्षा १२ र एसईईको नतिजामा सुधार देखिएकोमा महासङ्घ उत्साहित,

कक्षा १२ मा ६१.१७% विद्यार्थी उत्तीर्ण, अघिल्लो वर्षभन्दा ९.०२% बढी,

महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले विज्ञप्ति जारी गर्दै सरकारलाई आग्रह,

गुणस्तरीय शिक्षा र रुचिका विषयमा नेपालमै पढ्न सक्ने वातावरण सिर्जनाको माग,

विद्यालय शिक्षामा सुधारका लागि वित्तीय हस्तान्तरण बढाउन र संघीय शिक्षा ऐन चाँडो ल्याउन माग।

काठमाडौँ, २१ साउन । गाउँपालिका राष्ट्रिय महासङ्घले उच्च शिक्षाका लागि तयार भएका विद्यार्थीहरूलाई स्वदेशमै अध्ययन गर्ने अवसर सिर्जना गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले कक्षा १२ तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार देखिएकामा उत्साह व्यक्त गर्दै गुणस्तरीय उच्च शिक्षाको पहुँच विद्यार्थीहरूसम्म पुगोस् भन्ने उद्देश्यले सरकारसँग यस्तो आग्रह गरेको हो।

महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीहरूलाई उनीहरूले चाहेका विषयमा, स्वदेशमै अध्ययन गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ। यसका लागि सरकारको सक्रियता अपेक्षित छ।”

राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजाअनुसार यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो अघिल्लो वर्षको तुलनामा ९.०२ प्रतिशतले बढी हो। यसअघि एसईई नतिजामा पनि सकारात्मक सुधार देखिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कक्षा १२ को नतिजा सार्वजनिक भएपछि उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नेपालमै पढ्न आग्रह गर्नुभएको थियो।

महासङ्घले विज्ञप्तिमार्फत विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकारमा वित्तीय हस्तान्तरणको आकार बढाउनुपर्ने र संघीय शिक्षा सम्बन्धी कानून छिटो जारी गर्नुपर्ने माग पनि सरकार तथा संघीय संसद्मा गरेको छ।

 


Thali Mobile Pvt.Ltd.