भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युद्धविराममा असफल भएको भन्दै गाजाबासीद्धारा हमासको आलोचना

युद्धविराममा असफल भएको भन्दै गाजाबासीद्धारा हमासको आलोचना

काठमाडौं । इजरायलसँगको युद्ध अन्त्य गर्न असफल भएको भन्दै गाजाबासीले विद्रोही समूह हमासको आलोचना गरेका छन् । घेराबन्दी र संघर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले आफूहरूको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ । गएको नोभेम्बरमा एक हप्ताको युद्धविरामबाहेक नयाँँ युद्धविराम बनाउने धेरै प्रयास असफल भएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

नोभेम्बरको युद्धविराममा एक सयभन्दा बढी बन्धक र इजरायली कारागारबाट दुई सय ४० प्यालेस्टिनी कैदीलाई रिहा गरिएको थियो । मध्यस्थकर्ताहरू अमेरिका, इजिप्ट र कतार पुनः एकपटक युद्ध अन्त्य गर्नका लागि सम्झौतालाई अन्तिम रूप दिने प्रयासमा इजरायल र हमाससँग निरन्तर छलफल गरिरहेका छन् ।

सन् २००७ मा हमासले यस क्षेत्रमा कब्जा गरेपछि त्रासको वातावरणमा बसेका केही गाजावासीले युद्धका कारण भएको भारी विनाशका लागि उनीहरूलाई दोषी मानेका छन् ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.