भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

गाजा युद्धले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर, कुपोषण दर भयावह रूपमा बढ्यो

गाजा युद्धले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर, कुपोषण दर भयावह रूपमा बढ्यो

एजेन्सी, ७ असार । गाजामा जारी युद्धले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारेको संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) ले जनाएको छ। पछिल्ला महिनाहरूमा बाल कुपोषणको दर उच्च गतिमा बढेको तथ्यांकले देखाएको छ।

यूनिसेफका अनुसार २०२५ को मे महिनामा मात्र पाँच वर्षमुनिका ५,१०० भन्दा बढी बालबालिकामा कुपोषणको समस्या देखिएको छ, जुन अप्रिलको तुलनामा झन्डै ५० प्रतिशतले बढी हो। यो दर फेब्रुअरीको तुलनामा १५० प्रतिशतले उक्लिएको बताइएको छ।

सन् २०२५ को पहिलो पाँच महिनामा गाजामा १६,७०० भन्दा बढी बालबालिकालाई कुपोषणको उपचारका लागि भर्ना गरिएको छ। अर्थात्, प्रतिदिन औसत ११२ बालबालिका कुपोषणका शिकार बनेका छन्।

यूनिसेफले बालबालिकालाई जीवनरक्षक सेवा–जस्तै पोषणयुक्त खाना, शुद्ध पानी र आधारभूत स्वास्थ्य सेवा–उपलब्ध गराउन निकै कठिन भइरहेको जनाएको छ।संयुक्त राष्ट्रसंघले इजरायल सरकारलाई सीमा पार गरेर मानवीय सहायता तत्काल गाजामा प्रवेश गर्न अनुमति दिन आग्रह गरेको छ।

मानवीय सहायता साझेदारहरूको भनाइअनुसार, विस्थापित नागरिकहरू असुरक्षित र भीडभाड भएका क्षेत्रमा बस्न बाध्य छन्, जहाँ आवश्यक स्वास्थ्य सेवा र पोषण सुविधा अत्यन्त न्यून छन्।

 


Thali Mobile Pvt.Ltd.