भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

गाजाका आधा जनसंख्या भोकमरीको शिकार हुने संयुक्त राष्ट्रसंघको चेतावनी

गाजाका आधा जनसंख्या भोकमरीको शिकार हुने संयुक्त राष्ट्रसंघको चेतावनी

एजेन्सी । इजरायल र हमास युद्धका बीच गाजाका आधा जनसंख्या भोकमरीको शिकार हुने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । गाजामा आवश्यक खाद्यान्न आपूर्तिमा बाधा पुग्दा हरेक १० मध्ये ९ जना भोकभोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघका खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउले बताएका हुन । उनले निकट भविष्यमा आधा जनसंख्या भोकमरीको शिकार हुने चेतावनी समेत दिए ।

इजरायल र गाजाबीचको सात दिने युद्धविरामका क्रममा गाजापट्टीमा आवश्यक खाद्यान्न आपूर्र्ति गर्न दिने सहमति भएपनि पर्याप्त मात्रामा खाद्यान्न नपुग्दा त्यहाँका जनता खाद्यान्नको अभाव झेल्न बाध्य भएका हुन् । गाजापट्टीका सर्वसाधारणलाई थातथलो छोड्न इजरायलले बारम्बार आग्रह गरेपनि गाजाका जनता कता जाने भन्ने अन्यौलमा छन् ।

यता इजिप्टको सिमानामा रहेको रफाह क्रसिङ खुला गरिएपछि सयौं नागरिक त्यसतर्फ लागेको छन् । इजरायलले गाजापट्टीमा जारी राखेको स्थलगत र हवाइ हमलाको मारमा परेका जनता भोकभाकै बस्न बाध्य छन् । यता इजरायली डिफेन्स फोर्सका प्रवक्ता जिचर्ड हेचले गाजाका नागरिकको मृत्यु र पीडा अनुमान गर्न सकेतापनि आफुहरुसंग अन्य विकल्प नभएको जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.