भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दक्षिण-पश्चिम जर्मनीमा रेल दुर्घटना, तीनको मृत्यु र दर्जनौँ घाइते

दक्षिण-पश्चिम जर्मनीमा रेल दुर्घटना, तीनको मृत्यु र दर्जनौँ घाइते

स्टुटगार्ट, १२ साउन । दक्षिण–पश्चिम जर्मनीको रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने धेरै यात्रु गम्भीर घाइते भएका छन्।

जर्मन प्रहरीले दिएको जानकारीअनुसार दुर्घटना स्थानीय समय अनुसार आइतबार साँझ ६:१० बजे भएको हो। डोइचे बान रेल सेवा प्रदायक कम्पनीले उक्त रेल ‘अज्ञात कारण’ले दुर्घटनामा परेको जनाएको छ। दुर्घटना हुनुअघि सो क्षेत्रमा आँधी आएकोसम्बन्धी रिपोर्टहरू सार्वजनिक भएका छन्।

दुर्घटनाको समयमा रेलमा करिब १०० जना यात्रु सवार थिए। जर्मन समाचार संस्था डीपीएका अनुसार कम्तीमा दुई डब्बा जङ्गल क्षेत्रमा पल्टिएको अवस्थामा फेला परेका छन्। दुर्घटनास्थलमा लडेका रूखहरू समेत देखिएका छन्।

उद्धारका लागि व्यापक सङ्ख्यामा अग्नि नियन्त्रक, स्वास्थ्यकर्मी र आपतकालीन सेवाका टोली परिचालन गरिएको छ। घटनास्थलमा उद्धार कार्य तीव्र पारिएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले सामाजिक सञ्जाल एक्समार्फत घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

साथै, उनले आन्तरिक मामिला तथा यातायात मन्त्रीसँग समन्वय गर्दै उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।डोइचे बानले जनाएको अनुसार उक्त रेल सिगमारिङ्गेन र उल्मबिचबीचको करिब ९० किलोमिटर लामो मार्गमा चलिरहेको थियो।हालसम्म दुर्घटनाको कारण पूर्ण रूपमा स्पष्ट भइनसकेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.