भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दक्षिण-पश्चिम जर्मनीमा रेल दुर्घटना, तीनको मृत्यु र दर्जनौँ घाइते

दक्षिण-पश्चिम जर्मनीमा रेल दुर्घटना, तीनको मृत्यु र दर्जनौँ घाइते

स्टुटगार्ट, १२ साउन । दक्षिण–पश्चिम जर्मनीको रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने धेरै यात्रु गम्भीर घाइते भएका छन्।

जर्मन प्रहरीले दिएको जानकारीअनुसार दुर्घटना स्थानीय समय अनुसार आइतबार साँझ ६:१० बजे भएको हो। डोइचे बान रेल सेवा प्रदायक कम्पनीले उक्त रेल ‘अज्ञात कारण’ले दुर्घटनामा परेको जनाएको छ। दुर्घटना हुनुअघि सो क्षेत्रमा आँधी आएकोसम्बन्धी रिपोर्टहरू सार्वजनिक भएका छन्।

दुर्घटनाको समयमा रेलमा करिब १०० जना यात्रु सवार थिए। जर्मन समाचार संस्था डीपीएका अनुसार कम्तीमा दुई डब्बा जङ्गल क्षेत्रमा पल्टिएको अवस्थामा फेला परेका छन्। दुर्घटनास्थलमा लडेका रूखहरू समेत देखिएका छन्।

उद्धारका लागि व्यापक सङ्ख्यामा अग्नि नियन्त्रक, स्वास्थ्यकर्मी र आपतकालीन सेवाका टोली परिचालन गरिएको छ। घटनास्थलमा उद्धार कार्य तीव्र पारिएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले सामाजिक सञ्जाल एक्समार्फत घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

साथै, उनले आन्तरिक मामिला तथा यातायात मन्त्रीसँग समन्वय गर्दै उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।डोइचे बानले जनाएको अनुसार उक्त रेल सिगमारिङ्गेन र उल्मबिचबीचको करिब ९० किलोमिटर लामो मार्गमा चलिरहेको थियो।हालसम्म दुर्घटनाको कारण पूर्ण रूपमा स्पष्ट भइनसकेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.