भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

२५ जिल्लामा बाढीको मध्यम जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता आग्रह

२५ जिल्लामा बाढीको मध्यम जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता आग्रह

काठमाण्डौ, १२ साउन  । देशका २५ जिल्लामा आज बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। दोलखा, सिन्धुपाञ्चोक, इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली जिल्लामा बाढीको सम्भावना रहेको जनाइएको छ।

त्यसैगरी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र कैलाली जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको उल्लेख गरिएको छ। बाढीको जोखिम रहेका र आसपासका खोला तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा ठूलो वर्षा हुने सम्भावना पनि रहेको छ। राति समेत गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.