भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२५ जिल्लामा बाढीको मध्यम जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता आग्रह

२५ जिल्लामा बाढीको मध्यम जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता आग्रह

काठमाण्डौ, १२ साउन  । देशका २५ जिल्लामा आज बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। दोलखा, सिन्धुपाञ्चोक, इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली जिल्लामा बाढीको सम्भावना रहेको जनाइएको छ।

त्यसैगरी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र कैलाली जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको उल्लेख गरिएको छ। बाढीको जोखिम रहेका र आसपासका खोला तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा ठूलो वर्षा हुने सम्भावना पनि रहेको छ। राति समेत गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.