भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

टर्कीको विनाशकारी भूकम्पमा गुगलको चेतावनी प्रणाली असफल

टर्कीको विनाशकारी भूकम्पमा गुगलको चेतावनी प्रणाली असफल

अंकारा,  १२ साउन । सन् २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पका बेला गुगलको भूकम्प प्रारम्भिक चेतावनी प्रणालीले अपेक्षित प्रभावकारिता देखाउन नसकेको गुगलले स्वयं स्वीकार गरेको छ।

फेब्रुअरी ६, २०२३ मा टर्कीको दक्षिण–पूर्वी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प जाँदा करिब ५५ हजार मानिसको ज्यान गएको थियो भने १ लाखभन्दा बढी घाइते भएका थिए। अधिकांश नागरिक मध्यरातको निद्रामा रहेको समयमा घर भत्किएर मृत्यु भएका थिए।

गुगलले प्रयोगमा ल्याएको एन्ड्रोइड अर्थक्वेक अलर्ट्स (AEA) प्रणालीले भूकम्प केन्द्रबिन्दुबाट १५८ किलोमिटरभित्र रहेका करिब १ करोड प्रयोगकर्तालाई ३५ सेकेन्डअगावै उच्च सतर्कता दिन सक्ने अवस्था थियो। तर वास्तविकतामा तीमध्ये केवल ४६९ जनालाई मात्रै अलर्ट पठाइएको थियो।

अन्य करिब ५ लाखलाई भने केवल हल्का कम्पनको चेतावनी दिने ‘लो–लेभल अलर्ट’ पठाइएको थियो। गुगलका अनुसार प्रणालीले त्यस समय भूकम्पको तीव्रता अपेक्षाभन्दा कम आँक्दा सतर्कता नपुगेको हो।

मोबाइल प्रयोगकर्तालाई सुरक्षित स्थानमा पुग्न केही सेकेन्ड अघिनै सतर्क गराउने उद्देश्यले तयार गरिएको ‘टेक एक्सन’ प्रणाली मोबाइलको स्क्रिन पूरै ढाक्ने, ‘डु नट डिस्टर्ब’ हटाउने र ठूलो आवाजमा सतर्कता दिने विशेषता बोकेको भए पनि यसपटक त्यो प्रभावकारी बन्न सकेन।

गुगलका प्रवक्ताले बीबीसीसँग प्रतिक्रिया दिँदै भने, “प्रत्येक भूकम्पबाट पाठ सिक्दै हामी प्रणालीमा सुधार गर्दैछौं, ताकि भविष्यमा थप प्रभावकारी चेतावनी दिन सकियोस्।”

टर्कीको यो विनाशकारी भूकम्प पछिल्लो दशककै सबैभन्दा भयावह घटनामध्ये पर्छ, जसले प्रविधिको भरपर्दोपनाबारे समेत बहस जन्माएको छ।

 


Thali Mobile Pvt.Ltd.