भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

आहा ! घलेगाउँः दक्षिण एसियाकै नमूना गाउँ

आहा ! घलेगाउँः दक्षिण एसियाकै नमूना गाउँ image

काठमाडौं । लमजुङको घलेगाउँ नाम लिने वित्तिकै पर्यटनको झल्को आउँछ । विविधताको खानी यस गाउँ शीरमा सुन्दर सेताम्य हिमालले घेरिएको छ । मध्य भागमा जङ्गल अनि फेदमा घलेहरुको बाहुल्यताले भरिएको सुन्दर गाउँ नै घलेगाउँ हो । पर्यटकीय रुपमा महत्वपूर्ण परिचय बोकेको त्यहि गाउँ हो घलेगाउँ । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित यो गाउँ समुन्दी सतहदेखि दुई हजार एक सय मिटर उचाइमा अवस्थित छ ।

घलेगाउँ क्व्होलासोथर गाउँपालिका –३ मा पर्दछ । जिल्लाभर सबैभन्दा बढी पर्यटक आउने गाउँ नै यहि गाउँ हो । मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमूना गाउँको रुपमा परिचित छ । यहाँका धेरै गुरुङ गाउँहरुले पर्यटकीय सम्भावना बोकेका छन् । घलेगाउँ फरक शैलीले जिएको र पर्यटन क्षेत्रमा निकै फड्को मार्दै देशकै उदाहरणीय गाउँका रुपमा परिचित छ । यतिबेला स्थानीय एवं यहाँका घरबास (होमस्टे) सञ्चालकहरू पर्यटकको पर्खाइमा बसेका छन् ।

दैनिक दुई सय देखि तीन सय पर्यटकको आगमन हुने यस गाउँमा बर्खा लागेसँगै पर्यटकको आगमन घटेको थियो । घरवास सञ्चालकहरू बर्खायाम सकिने क्रमसँगै पर्यटकको स्वागत, सत्कार गर्न आतुर भएका देखिन्छन् । असार लागेसँगै पर्यटक नहुँदा सुनसान बनेको यस गाउँमा अब बर्खा सकिन लागेकाले मौसम सफा हुने, बाटोहरू सफा हुने भएकाले अब विस्तारै पर्यटक आउने बेला भएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले बताए ।

घरवास सञ्चालकले सुत्ने कोठाहरू सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्ने गरेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेलेको भनाइ छ । वर्षामा तीन महिना पर्यटक ठप्प जस्तै हुँदा दुई चार पैसासमेत आम्दानी नभएको घरवास सञ्चालक हेमकुमारी गुरुङले बताइ् । अधिकांश घरवास सञ्चालकको मुख्य आम्दानीको स्रोत नै यही पर्यटन हो । पर्यटकीय सिजनमा प्रति घरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन् ।

पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खदै उनीहरूका लागि आवश्यक अर्गानिक सामग्रीको तयारीमा व्यस्त भएका छन् । गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन् । अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरू खुवाउँछन् । स्वागत र विभिन्न परिकारहरू पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन् ।

अनि पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित घाटु, कृष्ण चरित्र नाच, घ्याबे्र, लामा, सोरठीलगायतका परम्परागत नृत्यहरू प्रस्तुत गदै खानपान गराउँने घलेगाउँवासीको परम्परा हो । यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकले यसबारे जानकारीसँगै मनोरञ्जन लिने गरेको पर्यटन क्होलासोथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले बताए । विसं २०५७ सालबाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरवास सञ्चालन छ ।

एक रातमा तीन सय जना बास बस्ने क्षमता छ । साथै यहाँ दुई वटा होटल सञ्चालनमा छन् । घरवासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातिय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्दछन् । २०६२÷६३ मा सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।

स्मार्ट भिलेज तथा खुसी गाउँ घोषणा केही वर्षअघि भइसकेको छ । गुरुङहरूको उद्गमथलो तथा घलेराजाद्धारा अन्तिम राज्य सञ्चालन भएको गाउँ यही हो । यस गाउँमा करिब एक सय ३५ घरधुरी रहेका छन् । यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरको ङादीचुली (डा. हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल,

सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्व हिमाल आँखै अगाडि देखिन्छ । अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिक पनि यहि देख्न सकिन्छ । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ ।

साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । काठमाडौंँबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ कि.मी. र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको घलेगाउँमा बेँसीसहरबाट २४ किमी यात्रा तय गरेपछि सहजै पुगिन्छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda