आजदेखि सेनाको कमान्ड सिग्देलले सम्हाल्दै

आजदेखि सेनाको कमान्ड सिग्देलले सम्हाल्दै image

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अवकासमा गएछन् । सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए ।

शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले यहि भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।

भदौ २४ गतेबाट लागू हुनेगरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका हुन ।

राष्ट्रपति पौडेलबाट दर्ज्यानी चिन्ह प्राप्त गरेर सिग्देलले आजदेखि नै प्रधानसेनापतिको कमान्ड सम्हाल्ने भएका छन् ।

नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा सिग्देलले नेतृत्व लिएका हुन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.