भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

राष्ट्रसंघको चेतावनी : आगामी ५ वर्षमा विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्ने सम्भावना

राष्ट्रसंघको चेतावनी : आगामी ५ वर्षमा विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्ने सम्भावना

एजेन्सी, १५ जेठ ।  संयुक्त राष्ट्रसंघीय मौसम र जलवायु एजेन्सी विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले सन् २०२९ सम्म विश्वव्यापी औसत तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको चेतावनी दिएको छ। वार्षिक प्रतिवेदन अनुसार, पूर्वऔद्योगिक समयको तुलनामा तापक्रम १.५ डिग्रीले बढ्ने सम्भावना करिब ७० प्रतिशत छ।

सन् २०२३ र २०२४ मा पनि विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी बढिसकेको छ, जुन छोटो समयको वृद्धि भनेर मानिएको थियो। तर आगामी पाँच वर्षसम्म तापक्रम त्यसरी नै बढेर समग्र औसतमा १.५ डिग्री पार गर्ने जोखिम बढेको छ।

सन् २०१५ मा पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्वऔद्योगिक स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा कम र सकेसम्म १.५ डिग्री सेल्सियसभन्दा कम सीमित गर्ने लक्ष्य राखेको थियो। तापक्रम १.५ डिग्री पार गर्नु भनेको त्यो सीमा पार गर्ने विन्दु हो, जसले जलवायु परिवर्तनका खतराहरूलाई तीव्र बनाउँछ।

कोइला, तेल र ग्यासको जलनबाट उत्सर्जित कार्बनडाइअक्साइड मुख्य हरितगृह ग्यास हो, जसले जलवायु परिवर्तनलाई बढावा दिन्छ। डब्ल्यूएमओका उपमहासचिव को ब्यारेटले आगामी वर्षहरूमा अर्थव्यवस्था, दैनिक जीवन, पारिस्थितिक प्रणाली र सम्पूर्ण पृथ्वीमा यसले नकारात्मक प्रभाव पार्ने बताएका छन्।

विश्वले जलवायु परिवर्तन रोक्न तत्काल कदम नचाले यसको असर सबै क्षेत्रहरूमा गहिरो पर्नेछ भन्ने सन्देश यस रिपोर्टले दिन्छ।

 


Thali Mobile Pvt.Ltd.