भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ)माथि प्रहरी अनुसन्धान

तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ)माथि प्रहरी अनुसन्धान

काठमाडौँ । विद्युतीय चुरोट (भेप)मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूको संलग्नतामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यसअघि सोही प्रकरणमा माओवादी केन्द्रकै उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परिसकेका थिए।पुनका जेठा छोरा जितेन्द्र पुनले चिनियाँ गिरोहसँग मिलेर ताक्लाकोट क्षेत्रमा चार किलो सुन बुझेको समाचार सार्वजनिक भएको थियो। त्यस्तै उनका कान्छा छोरा दीपेश पुन ९ र ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका छन्।

दीपेश सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा समेत अभियुक्त छन् भने हाल फरार छन्। पूर्वउपराष्ट्रपति पुनको सचिवालयमा कार्यरत जीवनकुमार गुरुङ र आफन्त अमला रोका पनि सो प्रकरणमा संलग्न भएको शंकामा प्रहरी अनुसन्धानको दायरामा परेका छन्।

 


Thali Mobile Pvt.Ltd.