भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भाग्न खोजेपछि प्रहरीले खुट्टामा गोली हान्यो, प्रधानाध्यापक हत्या अभियुक्त पक्राउ

भाग्न खोजेपछि प्रहरीले खुट्टामा गोली हान्यो, प्रधानाध्यापक हत्या अभियुक्त पक्राउ

बारा । प्रहरीले प्रधानाध्यापक हत्याका मुख्य अभियुक्त पक्राउ गरेको छ । सदरमुकाम कलैयामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरी हत्या घटनाका मुख्य अभियुक्त पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी दर्पा थाना–१, सुक्लहियाका २५ वर्षिय सुजित कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनकोसाथबाट प्रहरीले एक थान पेस्तोल र पाँच थान गोली बरामत गरेको छ ।

बिश्रामपुर गाँउपालिका वडा नं ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको काफ्लेले बताए । सिंहको दुवै खुट्टामा गोली लागेको छ ।

गत असोजको दोश्रो हप्ता बाराको सदरमुकाम कलैयामा वडा नम्बर ६ मा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए ।

स्वर्णकार अन्नपूर्ण स्विट्सबाट मिठाई किनेर मोटरसाइकलमा बिद्यालय फर्किरहेका बेला अज्ञात समुहले छाती, टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार मध्येका मुख्य सुटर सिह रहेको प्रहरीले यस अघिनै पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

खुट्टामा गोली लागेका सिहलाई कलैया अस्पतालमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ । सार्पसुटरका नामबाट परिचित सिंह यसअघिका बाराका दुई घटनाका समेत सुटर रहेको प्रहरीले जनाएको छ । घटनाको छानविन भईरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.