भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

बाढीबाट सात जनाको मृत्यु, ११ बेपत्ता

बाढीबाट सात जनाको मृत्यु, ११ बेपत्ता

अफ्रिका । बाढीका कारण सात जनाको मृत्यु र ११ जना बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजी कार्यमा उद्धारकर्मीहरू मुसलधारे वर्षामा सङ्घर्ष गरिरहेका छन् ।

क्वाजुलु नटाल प्रान्तको लेडिस्मिथ जिल्लामा १० मिटर ३३ फिटसम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र कारहरू बगाएको उद्धारकर्मीहरूले बताएका छन् । प्रान्तीय अधिकारीहरूले छ जनाको मृत्यु र १० जना बेपत्ता भएको पुष्टि गरेका छन् ।

दक्षिणमा मान्डेनीमा नदीमा आएको बाढीले तीन जनालाई बगाएको छ । आठ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको र अन्य एक जना हराएको आइपिएसएस उद्धार संस्थाले जनाएको छ ।

डर्बनदेखि दुई सय ३० किलोमिटर उत्तरपश्चिममा रहेको लेडिस्मिथमा वर्षाका कारण शवहरूको खोजीमा व्यवधान भएको छ । उक्त स्थानमा आइतबार मुसलधारे वर्षा भएको थियो ।

आइपिएसएसका टोली नेता टेरेजा भ्यान डेन बर्गले १० मिटर गहिरो स्थानमा धारले क्याराभान पार्कमा क्षति पुर्‍याएको र पुल पार गर्ने सवारी साधनलाई बगाएको जानकारी दिए। ‘कसैलाई केही हडप्ने मौका थिएन’, उनले भने । केही कार तीन किलोमिटर तल फेला परेका थिए ।

नौ यात्रु बोकेको एउटा मिनिबसमा तीन वटा शव फेला परेको छ । अन्य छ जना अहिले पनि बेपत्ता छन् । एउटा शव सम्पूर्णरूपमा क्षति भएको घरमा फेला परेको थियो भने घरभित्र रहेका अन्य दुई अझै बेपत्ता छन् ।

 

 


Thali Mobile Pvt.Ltd.